बिहीबार, भदौ ४, २०८३

प्रदेश ५ मा तीनजना मन्त्री थपिँदै

प्रदेश ५ मा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। हाल ७ सदस्य रहेको मन्त्रिपरिषद् बढाएर १० सदस्यीय बनाउन लागिएको हो।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

भैरहवा । प्रदेश ५ मा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। हाल ७ सदस्य रहेको मन्त्रिपरिषद् बढाएर १० सदस्यीय बनाउन लागिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले तीनजना सांसदलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ। जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा कपिलवस्तुका विष्णु पन्थी, कानुन मन्त्रीमा प्युठानका हरि रिजाल र भूमि व्यवस्था मन्त्रीमा अर्घाखाँचीका चेतनारयण आचार्यलाई ल्याउने तयारी भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ।

हाल आर्थिक मामिला तथा योजना मुख्यमन्त्री शंकर पोखरेलले नै सम्हाल्दै आएका छन् । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई छुट्टाछुट्टै बनाउने र भूमि व्यवस्था, कृषि तथा सहकारीबाट भूमि व्यवस्थालाई छुट्याउने तयारी छ। आकांक्षी धेरै भएकाले वन तथा वातावरण मन्त्रालय पनि अलग गराउने विषयमा छलफल भइरहेको बुझिएको छ। हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ।

प्रदेश ५ मा दाङबाट निर्वाचित शंकर पोखरेल मुख्यमन्त्री, रोल्पाका कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुन मन्त्री, नवलपरासीका बैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री, रुपन्देहीका लिला गिरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, गुल्मीका सुदर्शन बराल सामाजिक विकास मन्त्री र बाँकेकी आरती पौडेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

१२ जिल्ला रहेको प्रदेश ५ मा हरेक जिल्लालाई सम्बोधन गर्नेगरी बढीमा ११ सदस्यीय मन्त्रीपरिषद् गठन गर्न सकिने गरी खाका बनाइएको छ।

प्रकाशित: Mar 09, 2020| 11:23 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।