बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा मोटरसाइकल र भ्यान ठोक्किँदा दुई युवकको मृत्यु

सप्तरीमा मोटरसाइकल र भ्यान ठोक्किँदा दुई युवकको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

सप्तरी– पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

सोमबार बेलुका भएको दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २६ वर्षीय प्रकाश चौधरी र त्यही मोटरसाइकलमा पछाडि बसेका कृष्णाशवरण गाउँपालिका ६ का २३ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा विराटनगरमा रहेको नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित: Mar 10, 2020| 02:10 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।