कन्टेनर चढेर वीरगंज पुगेकाहरुको प्रहरीले स्वास्थ्य परीक्षण गराएको छ । ‘लकडाउन’ अवज्ञा गरी कन्टेनर चढी वीरगंज पुग्ने तीन महिलासहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
धनगढी उप-महानगरपालिका-५, जाईस्थित शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले बढी मूल्य लिई सामान बिक्री गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ।
कोरोना भाइरसको महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच–पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सीतापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह सामाजिक सञ्जालमा सक्रिय भएका छन्। कोरोना भाइरसको महामारीबाट सचेत रहन भन्दै पूर्वराजा शाहले सामाजिक सञ्जालबाट विभिन्न सुझावहरु दिएका छन्।