बिहीबार, भदौ ४, २०८३

कन्टेनर चढेर आएकाको स्वास्थ्य परीक्षण

कन्टेनर चढेर वीरगंज पुगेकाहरुको प्रहरीले स्वास्थ्य परीक्षण गराएको छ । ‘लकडाउन’ अवज्ञा गरी कन्टेनर चढी वीरगंज पुग्ने तीन महिलासहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

जनकपुरधामं– कन्टेनर चढेर वीरगंज पुगेकाहरुको प्रहरीले स्वास्थ्य परीक्षण गराएको छ । ‘लकडाउन’ अवज्ञा गरी कन्टेनर चढी वीरगंज पुग्ने तीन महिलासहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

मानिस बोकेर वीरगंज पुगेको कन्टेनरलाई मंगलबार राति घण्टाघर नजिकबाट प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंबाट भरतपुर–हेटौंडा हुँदै वीरगंज पुगेको ना ५ ख ९५५२ नम्बरको कन्टेनर चढेर उनीहरु वीरगंज पुगेका थिए । प्रहरीले कन्टेनर चालक शिवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले केन्टनर चढेर आएकाहरुको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण भइरहेको बताएका छन् । उनीहरुबारा, पर्सा र रौतहट जिल्लाका वासिन्दा रहेको उनले जानकारी दिएका छन् ।

पक्राउ परेका सबैजनाको स्वास्थ्य परीक्षणपश्चात सेल्फक्वारेन्टाइनमा बस्ने गरी परिवारको जिम्मा लगाइने बस्नेतले बताए । यसैगरी कन्टेनर चालक महराविरुद्ध मुद्दा दर्ता भएको उनले जनाएका छन् ।

कन्टेर चढेर वीरगंज आएकाहरु काठमाण्डौं, हेटौंडालगायतको स्थनमा व्यापार व्यवसाय र मजदुरीका लागि बस्दै आइरहेका थिए । मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेरटर चढेर वीरगंजसम्म आइपुगेका हुन् ।

कन्टेनर चालकले उनीहरुसँग प्रति व्यक्ति दुई सय रुपैयाँ भाडा असुल गरेको बताइएको छ । गाडीमा बसाउन नमानेपनि जबरजस्ती बसेको चालक महराले प्रहरीसमक्ष बयान दिएका छन् ।

लकडाउन उल्लंघन गरी यात्रु ओसार्ने चालक महराविरुद्ध संक्रामक रोग ऐन २०२० आ स्थानीय प्रशासन ऐन २०२८ अनुसार मुद्दा चलाइने साहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित: Mar 25, 2020| 13:25 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।