बिहीबार, भदौ ४, २०८३

स्यानिटाइजरमा कालोबजारी गर्ने पसललाई कारवाही

धनगढी उप-महानगरपालिका-५, जाईस्थित  शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले बढी मूल्य लिई सामान बिक्री गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

कैलाली-  धनगढी उप-महानगरपालिका-५, जाईस्थित  शैलेश्वरी आयुर्वेदिक मेडिकल हलले बढी मूल्य लिई सामान बिक्री गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ।

स्यानिटाईजरको वास्तविक मूल्य मेटाई मनोमानी ढंगले कायम गरी बिक्री गर्ने शैलेश्वरी आयुर्वेदिक मेडिकल हललाई कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको हो।

मेडिकलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ख बमोजिम कसुर गरेको कार्यालयले जनाएको छ।

मेडिकल हललाई तोकिएको जरिवाना रकम सात दिनभित्रै दाखिला गर्न भनिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुन मगरले जानकारी दिए।

यदि सो अवधिमा जरिवाना बुझाउन अटेर गरे थप कारबाही हुने पनि उनले बताए।

प्रकाशित: Mar 25, 2020| 09:34 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।