बिहीबार, भदौ ४, २०८३

डोटीबाट शंकास्पद एकको स्वाब परीक्षणका लागि पठाइयो

कोरोना संक्रमण भएको आशंकामा एकजनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

डोटी- कोरोना संक्रमण भएको आशंकामा एकजनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनस्वाथ्य अधिकृत रमेश मलासीले जानकारी दिए।

ती युवक केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका थिए। १९ वर्षीय उनी मंगलबार अस्पतालको सम्पर्कमा आएका हुन्।

जनस्वास्थ्य अधिकृत मलासीले भने, ‘हामीले उनको स्वाब धनगढी हुँदै काठमाडौं पठाएका छौं।’ रिपोर्ट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिनेछ।

काेराेना शंकामा डोटीबाट स्वाब परीक्षणका लागि पठाइएको यो पहिलो घटना हो। यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणका लागि नपठाइएको मलासीले जानकारी दिए। ती युवकको परिचय गोप्य राखिएको छ।

प्रकाशित: Mar 25, 2020| 10:33 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।