मोरङ् - चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएका अर्का युवा पनि क्वारेन्टाइनमा भर्ना भएका छन्।
क्युआर ६५२ उडान मार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो जहाजमा आएका सबै यात्रुलाई सम्पर्क आउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको थियो।
मन्त्रालयको अनुरोधपछि धेरै यात्रु सम्पर्कमा आइसकेका छन् । तीमध्ये कही सेल्फ क्वारेन्टाइनमा छन् भने केही सरकारले बनाएका क्वारेन्टाइन अस्पतालमा भर्ना भएका छन्।
कतार बाट काठमाडौं हुदै मोरङ्को पथरी पुगेका ती व्यक्ति अहिले मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा भर्ना भएका हुन्।
कतारबाट फर्किएको ९ दिनपछि बुधवार विहान वडा नम्वर १ का अध्यक्ष बाबुराम येङदेनसँग सम्पर्कमा आएका उनलाई क्वारेनटाईनमा पठाइएको हो।
२८ वर्षीय ती युवक ताप्लेजुङका भए पनि पथरी शनिश्चरे १ शिखरचौकस्थित बहिनी ज्वाइँको घरमा रहेको अध्यक्ष येङदेनले बताए ।
यस्तै सोही उडानबाट नेपाल आएका पथरी शनिश्चरे वडा नम्वर ६ भातेगौडाका ५० वर्षीय अर्का व्यक्ति पनि मोरङको टाडीमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइनमा भर्ना भएका छन्।
त्यसैगरी मोरङकै कानेपोखरी–५ का एक दम्पत्तिलाई हिजै मात्र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
चैत ७ गते अष्ट्रेलियाबाट नेपाल आएका ती दुबैजनालाई ज्वरो आएपछि परीक्षणका लागि धरान पठाइएको हो।