बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा जनप्रतिनिधिको सुविधा कटाएर आइसोलेशन कक्ष

कञ्चनपुरमा जनप्रतिनिधिको सुविधा कटाएर आइसोलेशन कक्ष

कोरोना भाइरसको महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच–पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

कोरोना भाइरसको महामारी रोकथामका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जनप्रतिनिधिको सुविधामा खर्च हुने रकम कटौती गरी दुई ठाउँमा पाँच–पाँच शय्याका आइसोलेसन कक्ष स्थापना गरेको छ ।

नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन र वडा नं ४ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइसोलेशन कक्ष निर्माण गरेको हो । आइसोलेशन कक्षका लागि आवश्यक सामग्री खरिदका लागि जनप्रतिनिधिको सेवा सुविधाबाट कटौती हुने गरी रु २० लाख बजेट परिचालन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।

“आज साँझसम्म आवश्यक सामग्री खरिद गरी आइसोलेशन कक्षमा राखिसक्छौँ,” उनले भने, “कक्षका लागि स्वास्थ्यकर्मीको दुई टोली तयारी अवस्थामा राखिएको छ ।” आइसोलेशन कक्षको व्यवस्थापनका लागि कार्यान्वयन टोलीसमेत छुट्टै गठन गरिएको नगर प्रमुख ऐरले जानकारी दिए।

भारतमा कोरोना भाइरसको महामारी फैलिएपछि होटेल, बजार, उद्योग बन्द भएसँगै त्यसमा कार्यरत नेपालीहरु धमाधम घर फर्किन थालेकाले जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष तयार गरिएको उनको भनाइ छ । “भारतबाट फर्केकाहरुलाई घरमै क्वारेन्टाइनमा बस्न भनेका छौँ”, उनले भने, “कोरोनाका लक्षण देखा परे तत्कालै एम्बुलेन्समार्फत आइसोलेशन कक्षमा ल्याएर उपचार गर्ने व्यवस्था गरिएको छ ।”

रासस

प्रकाशित: Mar 25, 2020| 08:38 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।