बिहीबार, भदौ ४, २०८३

३ जना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरुलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरुलाई बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बढुवा भएका ३ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

एआईजीको दर्ज्यानी चिह्न लाउनेमा तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन्।

नेपाल सरकार (मन्त्रीपरिषद) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनीहरु एआईजीमा बढुवा भएका हुन्।

सो अवसरमा आईजीपी ज्ञवालीले पदोन्नति भएका हरुलाई बधाई तथा शुभकामना दिँदै निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्न निर्देशन दिए।

प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको चर्चा गर्दै प्रहरी ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने बताए।

नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सिपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न ज्ञावालीले निर्देशन दिए।

बढुवा हुने मध्यबाट बोल्दै लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए।

प्रकाशित: Mar 25, 2020| 11:31 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।