बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा बन्दविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, २४ गते छलफल

सीमा बन्दविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन, २४ गते छलफल

अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि २४ गते बोलाएको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं- अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि २४ गते बोलाएको छ।

अन्तरिम आदेश दिन अस्वीकार गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको जानकारी दिए।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले सरकारको उक्त निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सिमानाका र अन्तराष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले थुप्रै नेपालीहरु विदेशमा अलपत्र परेको भन्दै रिटमा सरकारी निर्णयले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन् हुनुका साथै पाशविक व्यवहार गरेको जिकिर गरिएको छ।

प्रकाशित: Mar 25, 2020| 09:45 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।