बिहीबार, भदौ ४, २०८३

कतार एयरवेजबाट आएका पाँचजना क्वारेन्टाइनमा

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो ।

यसैबीच बाहिरबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ । जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन् । यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन् । त्यसै गरी बजार पनि बन्द गरिएका छन् । सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ । यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।

रासस

प्रकाशित: Mar 25, 2020| 08:35 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।