बिहीबार, भदौ ४, २०८३

रुकुममा एक जना क्वारेन्टाइनमा, नमुना टेकु पठाइयो

जिल्लाको आठबीसकोट नगरपालिकाका २० वर्षीय ती युवक केही दिनअघि भारतको केरलाबाट फर्किएका थिए।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

रुकुम- रुकुममा एकजनालाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ। जिल्लाको आठबीसकोट नगरपालिकाका २० वर्षीय ती युवक केही दिनअघि भारतको केरलाबाट फर्किएका थिए।

ती युवकमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकलन गरेर काठमाडौं पठाइएको जिल्ला अस्पतालका निमित्त प्रमुख राजकुमार भुजेलले बताएका छन्। ती युवकलाई अहिले सदरमुकाम खलंगाको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

ज्वरो आउने, सुख्खा खोकी लाग्ने, टाउको दुख्नेलगायतका समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो।

जिल्ला प्रशासन कार्यालयले पछिल्ला दिनमा भारतसहित विदेशबाट आएको व्यक्तिको तथ्यांक संकलन गर्न थालेको छ। गृह मन्त्रालयको निर्देशनपछि विदेशबाट आएका व्यक्तिरको तथ्यांक संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए।

प्रकाशित: Mar 25, 2020| 11:59 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।