बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित व्यक्ति यूएइबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल

कोरोना संक्रमित व्यक्ति यूएइबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल

कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ६ चैतमा यूएइबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– आज कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ६ चैतमा यूएइकाे शारजहाँबाट आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।

मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल प्रेसमिटमा मन्त्री ढकालले ती व्यक्ति यूएइबाट आएर एक होटलमा बसेको बताए।

धादिङका ३२ वर्षीय उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार टेकु अस्पताल पुगेका थिए। परीक्षणमा उनलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको थियो। 

उनी बसेको होटल र सम्पर्कमा रहेका व्यक्तिको खोजतलास र परीक्षणको काम भइरहेको ढकालले बताए।

उनको सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राखिने स्वास्थ्यमन्त्री ढकालको भनाइ छ।

प्रकाशित: Mar 25, 2020| 11:14 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।