बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा तरकारी र खाद्यवस्तुको मूल्य ह्वात्तै बढ्यो

भक्तपुरमा तरकारी र खाद्यवस्तुको मूल्य ह्वात्तै बढ्यो

भक्तपुरको भित्री क्षेत्रमा तरकारी लगायतका अत्यावश्यक सामग्रीको भाउ बढेको छ।
 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

भक्तपुर – भक्तपुरको भित्री क्षेत्रमा तरकारी लगायतका अत्यावश्यक सामग्रीको भाउ बढेको छ।

बन्दाबन्दीका कारण तरकारी, फलफूल लगायतका सामग्री उपत्यकामा भित्रन छोडेको भन्दै व्यापारीहरुले भाउ बढाउन थालेका हुन्।

मंगलबारसम्म सय रुपैयाँ धार्नी आलु खरिद गरिरहेकाहरुले बुधबार प्रतिधार्नी १५० रुपैयाँ तिर्नुपरेको छ।

भक्तपुर सिरुटारकी सम्पदा भुर्तेलका अनुसार वालकोट र सिरुटार क्षेत्रमा मंगलबारसम्म ५० रुपैयाँ प्रतिकिलो पाइएको गोलभेंडाको भाउ बुधबार १३० रुपैयाँ प्रतिकिलो पुगेको छ। फलफूल र अन्य तरकारीको भाउ पनि ह्वात्तै बढेको छ।

व्यापारी धनमाया तामाङ भने लकडाउनले गर्दा थोक मूल्य बढेको र त्यसमाथि ढुवानीका लागि गाडी भाडा दोब्बर तिर्नुपरेकोले मूल्य वृद्धि भएको बताउँछिन्।

उनले बुधबार प्याज प्रतिकिलो १००, गोलेभेंडा प्रतिकिलो १३०, खोर्सानी प्रतिकिलो २५० रुपैयाँमा विक्री गरिरहेकी छन् । तरकारीको मूल्य एक दिनमा सरदर प्रतिकिलो ५० रुपैयाँ बढेको उनको भनाई छ।

त्यस्तै खाद्यन्न व्यापारीहरुले पनि खाद्यसामग्रीमा मुल्यबृद्धि गरेर विक्रि गरिरहेका छन् ।

प्रतिबोरा (२५ किलो) १६ सय रुपैयाँ पर्ने अर्पन चामलको मूल्य अहिले १८ सय रुपैयाँ पुगेको बालकोटकी सीता भट्टराइले बताइन् ।

भक्तपुरका भित्री क्षेत्रमा ग्यास पनि सहज उपलब्ध हुन सकेको छैन । उत्पादक कम्पनी आफैंले ग्याँस विक्री गर्न थाल्दा आफूले नपाएको खुद्रा विक्रेता बताउँछन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको लागि दैनिक मुल्य निम्नानुसार छ।

Caption

 

प्रकाशित: Mar 25, 2020| 10:45 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।