बन्दाबन्दी (लकडाउन) को अवधिभर अत्यावश्यक बाहेकका काममा काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।
सुर्खेतका क्वारेन्टिनमै राखेर गाउँ पठाइएको भए स्वाब संकलनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आउने थिएन। तर रातारात गाउँ पठाइएकै कारण प्रदेश सरकारको दोहोरो खर्च भइरहेको हो।
यही जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत् परीक्षामा सामेल गराई...
बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि...