आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसहित चार देशमा कोरोना संक्रमण तीव्र : डब्ल्यूएचओ

भारतसहित चार देशमा कोरोना संक्रमण तीव्र : डब्ल्यूएचओ

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस संक्रमणका एक लाख ६ हजार विरामी थपिएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस संक्रमणका एक लाख ६ हजार बिरामी थपिएका छन्।

यो संख्या २४ घण्टा अवधिमा थपिएको अहिलेसम्मकै धेरै हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यीमध्ये दुई तिहाई संख्या भारत, अमेरिका, रुस र ब्राजिलमा छ।

बुधबार डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण विश्वबाटै ओरालो लाग्न थालेको नठान्न आग्रह गरेको थियो। डब्ल्यूएचओका अनुसार  धनी र विकसित देश लकडाउन समाप्तितर्फ जाँदै छन्, कोरोना भाइरसको संक्रमण गरिब देशहरुमा फैलन थालेको छ।

विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। यो भाइरसका कारण सवा तीन लाखको ज्यान गइसकेको छ। सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १५ लाख नाघेको छ। त्यसपछि रुस, ब्राजील र बेलायत छन्।

जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ऐडहेनम गेब्रिएसोसले भनेका छन्, ‘हामीले अझै लामो यात्रा गर्नु छ। चिन्ताको विषय यो महामारी अब निम्न र मध्यम आय भएका देशहरुमा फैलंदो छ।’

भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६०९ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या एक लाख १२ हजार ३५९ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमणका कारण ३ हजार ४३५ को मृत्यु भएको छ भने ४५ हजार २९९ संक्रमित निको भइसकेका छन्।

नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ। यीमध्ये ४५ जना निको भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ। -एएफपी 

प्रकाशित: May 21, 2020| 11:40 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।