आइतबार, भदौ ७, २०८३

कोरोना भाइरसबाट संक्रमित गुल्मीका शिक्षकको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भई भैरहवाको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय शिक्षकको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

कोरोना भाइरसबाट संक्रमित भई भैरहवाको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय शिक्षकको मृत्यु भएको छ।

केही दिनदेखि भेन्टिलेटरमा राखिएका उनको आज बिहान मृत्यु भएको हो। 

गुल्मीको कंगे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनको मृत्युको खबर हिजो बिहीबार नै फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर मृत्यु नभइसकेको बताएको थियो।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज विज्ञप्ति जारी गर्दै शिक्षकको मृत्युको पुष्टि गर्नुका साथै दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘मदाने गाउँपालिका–६ निवासी ४१ वर्षीय शिक्षकको आज बिहान दुःखद निधन भएको छ। उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं।’

 

प्रकाशित: May 21, 2020| 12:35 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।