आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : चीनबाट युरोप-अमेरिका हुँदै ल्याटिन अमेरिकातिर

कोरोना : चीनबाट युरोप-अमेरिका हुँदै ल्याटिन अमेरिकातिर

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण युरोप, अमेरिका हुँदै ल्याटिन अमेरिकी देशहरुमा फैलिन थालेको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमण युरोप, अमेरिका हुँदै ल्याटिन अमेरिकी देशहरुमा फैलिन थालेको छ।

संक्रमणको मामलामा ल्याटिन अमेरिकी देशहरूले अमेरिका र युरोपलाई पनि पछि पारेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार यो साताको सुरुमा थपिएका नयाँ संक्रमितमध्ये एक तिहाइ ल्याटिन अमेरिकी देशका छन्। अब महामारीको नयाँ इपिसेन्टर ल्याटिन अमेरिका हुने चिन्ता व्यक्त गरिएको छ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी प्रभावित ब्राजिल छ। संक्रमित संख्यामा उसले युरोपका जर्मनी, फ्रान्स, स्पेन र बेलायतलाई उछिनेको छ। अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो अहिले ब्राजिल।

ब्राजिलको दैनिक संक्रमण वृद्धिदर अमेरिकापछि दोश्रो स्थानमा छ। ब्राजिलमा २ लाख ९३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने मृतकको संख्या १९ हजार पुग्न लागेको छ।

ल्याटिन अमेरिकी देश पेरुमा संक्रमितको संख्या १ लाख नाघेको छ भने ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। मेक्सिकोमा ५६ हजार र चिलीमा ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। इक्वेडरमा ३४ हजार र बोलिभियामा ४ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।

विश्वका सबैजसो देशमा फैलिएको कोरोना महामारीका कारण बिहीबार बिहानसम्ममा ३ लाख २९ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यसमा सबैभन्दा बढी हिस्सा अमेरिकाको करिब ९५ हजार छ। अमेरिकापछि बढी मृत्यु बेहोर्ने युरोपियन मुलुक छन्।

विश्वभर संक्रमितको संख्या भने ५० लाख ८५ हजार नाघेको छ। यीमध्ये २० लाख २१ हजार निको भएका छन्।

प्रकाशित: May 21, 2020| 08:09 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।