स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दी दोभानदेखि करीब एक सय मिटर तल नदी किनारमा उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् ।
यही जेठ ४ गते रामपुर –१० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । उनीसंगै बेपत्ता भएका १० वर्षीय समीर चापागाईँ भने अझै फेला परेका छैनन् ।
रासस