आइतबार, भदौ ७, २०८३

माछा मार्ने क्रममा युवकको मृत्यु भएपछि ३ जना पक्राउ

धनगढी– माछा मार्ने क्रममा करेन्ट लागेर युवकको ज्यान गएपछि कैलालीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

धनगढी– माछा मार्ने क्रममा करेन्ट लागेर युवकको ज्यान गएपछि कैलालीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

रातिको समय कुलोमा करेन्ट छोडेका कारण युवकको मृत्यु भएको भन्दै प्रहरीले करेन्ट छोड्ने ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका १ ज्योतिनगरका ३८ वर्षीय डम्मर बहादुर राजी, ३६ वर्षीय शेर सिंह लुहार र ५६ वर्षीय भाने साउँद छन्।

उनीहरुले जेठ ५ गते राति जानकी गाउपालिका १ दुर्गौली स्थित बिजुलिया कुलो र नदीमा बिजुलीको तारबाटा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा स्थानीय २१ वर्षीय प्रकाश चौधरीलाई करेन्ट लागि मृत्यु भएको थियो।

तीनै जनालाई कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।

 

 

 

 

प्रकाशित: May 21, 2020| 11:25 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।