आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं प्रवेशमा थप कडाइ गर्न स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं प्रवेशमा थप कडाइ गर्न स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

बन्दाबन्दी (लकडाउन) को अवधिभर अत्यावश्यक बाहेकका काममा काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

बन्दाबन्दी (लकडाउन) को अवधिभर अत्यावश्यक बाहेकका काममा काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापा तथा काठमाडौं उपत्यकाका सबै स्थानीय तहका जनप्रतिनिधिको छलफलले यस्तो निर्णय गरेको हो। बैठकमा उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख पनि सहभागी थिए।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ। लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न गृहको निर्देशन छ।

काठमाडौं प्रवेश गर्नैपर्ने भए आरडीटी परीक्षणको नेगेटिभ रिपोर्ट चाहिने भएको छ। 'काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वर्य आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेशका लागि अनुमति माग गर्ने,' गृहको परिपत्रमा भनिएको छ।

काठमाडौं उपत्यकाका स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्नुपर्ने पत्रमा उल्लेख छ।

प्रकाशित: May 21, 2020| 14:01 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।