आइतबार, भदौ ७, २०८३

ललितपुरका खाद्य तथा तरकारी पसल दिनभर खुल्ने

२९ वटै वडाका ठूला मार्ट बिहान १० देखि बेलुका ७ बजेसम्म र साना पसलहरू बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला राख्ने महानगरपालिकाले ७ जेठमा निर्णय गरेको हो।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

ललितपुर– ललितपुर महानगरपालिका भित्रका खाद्यान्न, किराना, फलफूल, तरकारीलगायत पसलहरू दिनभरी खोल्ने निर्णय गरिएको छ।

२९ वटै वडाका ठूला मार्ट बिहान १० देखि बेलुका ७ बजेसम्म र साना पसलहरू बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला राख्ने महानगरपालिकाले ७ जेठमा निर्णय गरेको हो।

पसलमा सुरक्षाका उपाय भने अपनाउनु पर्नेछ। पसल अगाडि साबुन पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न पनि महानगरपालिकाले निर्देशन दिएको छ।

ग्राहक तथा पसल सञ्चालकले अनिवार्य मास्क लगाउनुपर्ने तथा कम्तिमा दुई मिटरको दूरी राखेर किनमेल गर्नुपर्नेछ।

त्यस्तै सबै खालका पसलमा मूल्य सूची देखिने गरी राख्नुपर्ने पनि महानगरले जनाएको छ।

प्रकाशित: May 21, 2020| 14:09 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।