आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झगडा मिलाएर फर्किंदै गरेका प्रहरी इन्चार्जकाे बाटैमा मृत्यु

झगडा मिलाएर फर्किंदै गरेका प्रहरी इन्चार्जकाे बाटैमा मृत्यु

झगडा मिलाएर फर्कंदै गरेका ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङ प्रहरी चौकीका इन्चार्जकाे बाटोमै मृत्यु भएको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

ताप्लेजुङ- झगडा मिलाएर फर्कंदै गरेका ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ७ खेवाङ प्रहरी चौकीका इन्चार्जको बाटोमै मृत्यु भएको छ।

अचानक बिरामी भएका प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटोमै मृत्यु भएको हो ।

सिदिङवा गाउँपालिका ७ सुरुमखिमको बुरुमखिममा झगडा मिलाएर राईसहितको टोली प्रहरी चौकी फर्किंदै थियो। तावाखोला नजिकै पुगेपछि अचानक बिरामी परेका राईको बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

भोजपुरको लेखखर्क घर भई झापाको दमकमा बस्दै आएका ४२ वर्षीय राई महिना दिनअघि मात्र प्रहरी इन्चार्ज भएर खेवाङ पुगेका थिए।

सदरमुकाम फुङलिङबाट ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल सदरमुकामदेखि ७/८ घण्टा लाग्छ।

प्रकाशित: May 21, 2020| 09:01 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।