आइतबार, भदौ ७, २०८३

काेराेनाबाट थप ४ जना मुक्त, निकाे हुनेको संख्या ४९

कोरोना भाइरस संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना बिरामी आज डिस्चार्ज भएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका ४ जना बिरामी आज डिस्चार्ज भएका छन्।

अस्पतालका निर्देशक डा.सागरराज भण्डारीका अनुसार लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। उक्त अस्पतालमा अब एक जना कोरोना संक्रमितको उपचार भइरहेको भण्डारीले बताए।

योसहित कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ४९ पुगेको छ। बिहीबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या ४४४ पुगेको छ। यीमध्ये तीनजनाको निधन भएको छ। निधन भएकमा बाँके, गुल्मी र सिन्धुपाल्चोकका १-१ जना छन्।

प्रकाशित: May 21, 2020| 14:46 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।