आइतबार, भदौ ७, २०८३

दुई छोरा मिलेर बाबुको हत्या

मोरङमा दुई दाजुभाइ मिलेर बाबुको हत्या गरेका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- मोरङमा दुई दाजुभाइ मिलेर बाबुको हत्या गरेका छन्। विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको जेठा छोरा २९ वर्षीय रोहित र माइला २६ वर्षीय नागेन्द्र चौहानले हत्या गरेकाे प्रहरीले जनाएकाे छ।

हत्या गरेर उनीहरुले बाबुको शव खाटमुनि गाडेको पाइएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार दाजुभाइले शनिबार राति बाबुको हत्या गरेर शव घरभित्रै खाटमुनि खाल्डो खनेर गाडेका थिए।

घटनाको चार दिनपछि बुधबार घरभित्रै सत्यरामको शव भेटिएको अधिकारीले बताए।

तीन छोरामध्ये सत्यराम रोहितसँग बस्दै आएका थिए। रोहित अविवाहित हुन्। माइलो छोरो नागेन्द्रको परिवार विराटनगर–१५ मा डेरामा बस्छ। कान्छो छोरा सोमकुमार तीन वर्षदेखि परिवारको सम्पर्कमा छैनन्। जेठो र माइलो दुवै छोरा ज्यालामजदुरी गर्छन्।

‘गत शनिबार रोहित कामबाट फर्किएलगत्तै नागेन्द्र पनि घर आइपुगे,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘त्यत्तिकैमा रोहितसँग सत्यरामको विवाद भयो। रक्सीले खाएर मात्तिएका दुवै छोरा मिलेर सत्यरामको हत्या गरेको खुलेको छ।’

घटना विवरणअनुसार सत्यरामले रोहितसँग पैसा मागेका थिए। रोहितले छैन भन्ने जवाफ दिए। अनि बाबुले रोहितलाई घरबाटै निकालिदिन्छु भनेपछि विवाद चर्केको थियो।

घरबाटै निकालिदिने भनेपछि रोहितले नजिकै रहेको फरुवाले बाबुको टाउकोमा प्रहार गरेका थिए। बाबु ढलेपछि नागेन्द्रले पनि प्रहार गर्दा मृत्यु भएको खुलेको छ।

प्रहरीका अनुसार घटनाबारे कसैले थाहा नपाऊन् भनेर उनीहरुले बाबुको शव आइतबार बिहान घरभित्रै गाडेका थिए।

एसपी अधिकारीका अनुसार नागेन्द्रकी पत्नी बुधबार बेलुकी ससुरा र जेठाजु बस्ने घरमा पुगेपछि घटना बाहिर आएको हो। सधैं कोठामा आइरहने ससुरा चार दिनसम्म किन आउनुभएन भनेर बुझ्न जाँदा बुहारीले घरमा कोही देखिनन्। त्यो कुरा पति नागेन्द्रलाई सुनाइन्। त्यसपछि बुवा र दाजु बेपत्ता भएको भन्दै नागेन्द्र प्रहरी कार्यालयमा पुगेका थिए।

रक्सीले मातेर आइपुगेका रोहतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटना बाहिर आएको प्रहरीले जनाएको छ। रोहितकै बयानका आधारमा नागेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको छ।

शव उत्खनन गरी पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: May 21, 2020| 11:10 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।