आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । यात्रामा १७ सहभागी थिए ।
कांग्रेस प्रवेशका लागि लामो समयदेखि जारी गृहकार्य टुंगोमा पुगेपछि राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनिलबहादुर थापासहितका ३१ नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका छन्।
सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरवलोकनमा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।
कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन्। पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो।
नेकपाका अध्यक्ष पुष्पकमदल दाहालमाथि उनकै पार्टीका प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तथ्यको भ्रष्टीकरण गरेको आरोप लगाएका छन्।