बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रञ्जन कोइरालालाई पुनः जेल पठाउन परेको रिटको सुनुवाइ आज

रञ्जन कोइरालालाई पुनः जेल पठाउन परेको रिटको सुनुवाइ आज

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आज (आइतबार) सुनुवाइ हुने भएको छ।

पत्नी हत्यामा दोषी ठहर भइ जन्मकैदको फैसला पाएका कोइरालालाई ११ वर्ष पहिले नै सर्वोच्च अदालतले जेलमुक्त गर्ने फैसला गरेको थियो ।

उक्त फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा दर्ता गराएको पुनरवलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो।

यो निवेदन आइतबारका लागि पेसीमा चढिसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ। पुनरावलोकनको प्रारम्भिक सुनुवाइ इजलासमा नभएर तीन न्यायाधीश संलग्न चेम्बरमा हेरिनेछ।

पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालत (अहिले उच्च) ले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार कारावासमुक्त भएका थिए।

प्रकाशित: Jul 26, 2020| 06:58 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।