बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माइक टाइसन रिटायरमेन्टबाट फर्कंदै, रोय जोन्स जूनियरसँग भिड्ने

माइक टाइसन रिटायरमेन्टबाट फर्कंदै, रोय जोन्स जूनियरसँग भिड्ने

१५ वर्षअघि खेल जीवनबाट सन्यास लिएका हेभिवेट च्याम्पियन माइक टाइसन फेरि रिङमा उत्रने भएका छन्।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- १५ वर्षअघि खेल जीवनबाट सन्यास लिएका हेभिवेट च्याम्पियन माइक टाइसन फेरि रिङमा उत्रने भएका छन्।

५४ वर्षीय अमेरिकी हेभिवेट च्याम्पियन टाइसन १२ सेप्टेम्बरमा अमेरिकाको लस एन्जलसमा रोय जोन्स जुनियरसँग भिड्ने भएका हुन्। आठ राउन्डको भिडन्तमा सहभागी हुने रोय जोन्स ५१ वर्ष पुगिसकेका छन्।

स्पोर्टस च्यानल ईएसपीएनसँग कुरा गर्दै टाइसनले भनेका छन्, ‘यो गजबको भिडन्त हुनेछ।’ दुबै जना ५० वर्ष नाघिसकेका हुनाले क्यालिफोर्निया राज्यको नियम अनुसार उनीहरुले खेलका बेला हेलमेट लगाउनु पर्नेछ।

यो प्रतिस्पर्धा खतरनाक हुने भनेर पनि चर्चा भइरहेको छ। तर, टाइसनले भने त्यस्तो केही नहुने भन्दै खेलको रोमाञ्चकतामा ध्यान केन्द्रित गर्न आफ्ना प्रशंसकसँग आग्रह गरेका छन्। ‘आफ्नो रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ। हामीलाई केही हुनेछैन।’

यो मैत्रीपूर्ण प्रतिस्पर्धा भए पनि दुबै खेलाडीले गम्भीरतापूर्वक खेल्ने बताएका छन्। ‘हामीले आफ्नो कौशल पूरै उपयोग गर्नेछौं। रिंगमा तपाईंले शतप्रतिशत माइक टाइसनलाई हेर्न पाउनुहुन्छ,’ टाइसनले भनेका छन्।

प्रसिद्धि, जेल र विवाद

टाइसन २० वर्षकै उमेरमा हेभिवेट च्याम्पियन बनिसकेका थिए। सन् १९८७ देखि १९९० का बीच उनलाई कसैले पनि हराउन सकेन। त्यसबेला बक्सिङको दुनियामा टाइसनमा हराउने कोही छैन भनिन्थ्यो।

तर, सन् १९९० मा बस्टर डगलसले उनलाई पहिलो पटक हराए। यसको दुई वर्षपछि टाइसन बलात्कारको अभियोग लागेर ६ वर्षका लागि जेल परे। तीन वर्षको कैदपछि उनी पेरोलमा रिहा भए।

सन् १९९७ मा फेरि रिङमा फर्किएका टाइसनले एभेन्डर होलिफिल्डसँग भिडेपछि विश्वभर चर्चित भए। यसको कारण थियो उनले आक्रोशमा आएर होलिफिल्डको कान रक्ताम्मे हुनेगरी टोकिदिएका थिए।

त्यसपछि टाइसनलाई १८ महिनाको प्रतिबन्ध लाग्यो। सन् १९९९ मा फेरि रिंगमा देखिएका टाइसन फान्सोआ बोथासँग भिडेका थिए। त्यसबेला उनले बोथाको हात भाँच्ने प्रयास गरेका थिए।

विवादको क्रम चलिरहँदा उनले धेरै पटक जरिवाना पनि तिर्नु पर्यो। सन् २००२ मा उनको बेलायतका लेनोक्स लुईससँग भिडन्त तय थियो। टाइसनले लुइसविरुद्ध बयान दिइरहेको हुँदा यो खेलमा पनि कुनै विवाद हुने अपेक्षा गरिएको थियो।

तर, टाइसन यो प्रतिस्पर्धामा पराजित भए पनि हार स्वीकार्दै लुइसको प्रशंसा गरे। त्यसबेला उनको उमेर ३५ वर्ष पुगिसकेको थियो।
सन् २००६ मा उनले बक्सिङबाट सन्यास लिए। अब १५ वर्षपछि टाइसन फेरि रिङमा देखापर्ने भएका छन्।

जोन्सले भने आफ्नो अन्तिम म्याच सन् २०१८ मा खेलेका थिए। बक्सिङ प्रेमीहरुका लागि यो म्याचको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्।
एएफपी

प्रकाशित: Jul 25, 2020| 15:00 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।