बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा थप १० जनामा कोरोना पुष्टि

प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

विराटनगर- प्रदेश १ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५, सुनसरीमा २, झापा, तेह्रथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र तेह्रथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ।

प्रदेश १ मा शनिबार ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ। प्रदेश १ मा हालसम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए।

प्रकाशित: Jul 25, 2020| 15:41 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।