काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमण हुनेमा २ जना काठमाडौं र १ जना ललितपुरका छन्। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४१० पुगेको छ।
नेपालमा संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १३ हजार ५३ जना संक्रमणमुक्त भएका छन्। यो कुल संंक्रमितको ७०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
याे पनि पढ्नुस् :