सोमबार, भदौ ८, २०८३

चट्याङ लागेर तीन जनाको मृत्यु, आठ घाइते

रुपन्देही र मोरङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं- रुपन्देही र मोरङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो हावाहुरीसँगै परेको चट्याङ लागेर रुपन्देहीमा दुई र मोरङमा एक जनाको मृत्यु भएको हो। मोरङमा आठ जना घाइते भाएका छन्।

प्रहरीका अनुसार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका–५ की ५० वर्षीया कमलावती यादवको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले दुवै महिला खेतमा काम गरिहेका बेला चट्याङ लागेको बताए।

यस्तै मोरङको रतुवामाई नगरपालिका–६ शान्तिपुरका २२ वर्षीय नेत्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा चट्याङ पर्दा उनी घाइते भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै चट्याङले मोरङकै धनपालथान गाउँपालिकाका आठ जना घाइते भएका छन्। खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा वडा नम्बर २ का ३८ वर्षीया प्रमिला देवी मण्डल, उनकी १४ वर्षीया छोरी मनीषा देवी र २५ वर्षीय छोरो जितेन मण्डल घाइते भएको प्रहरीले जनाएको छ।

सोही वडाका १९ वर्षीया गीताकुमारी मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिषेक मण्डल, वडा नम्बर ७ का ३८ वर्षीय शिवशंकर मण्डल र सोही ठाउँ बस्ने ४० वर्षीय चन्दन बहरदार घाइते भएका छन्।  घाइते सबैको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 01, 2020| 17:55 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।