वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन्।
‘तालिम केन्द्र चौरजहारीमा सार्न प्रस्ताव गरेका छौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) वसन्त पन्तले भने, ‘जग्गा पाएमा प्रहरी तालिम केन्द्र चौरजहारीमा सार्न उपयुक्त छ।’
काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ। ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ।