आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गगन थापा भन्छन् : संविधानसभाका अध्यक्ष नेम्वाङको निरिहता देख्दा दया लागेको छ

गगन थापा भन्छन् : संविधानसभाका अध्यक्ष नेम्वाङको निरिहता देख्दा दया लागेको छ

अपसोच उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ।
 |  बुधबार, पुस २२, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

vianetvianet


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा पनि त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ‘निरिहता’ देखेर दया लागेको बताएका छन्।  

triton college

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुनलागेको प्रसंग उल्लेख गर्दै नेता थापाले भनेका छन्, ‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा–समिति अनि कोठादेखि चोटासम्मका बहसका बारेमा थाहा छ। मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर– ‘श्रीमान्, प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ।’

नेम्वाङको मौनताप्रति असन्तुष्टि जनाउँदै नेता थापाले त्यसो गर्न नसकेकोमा असन्तुष्टि मात्र होइन गुनासोसहितको आक्रोस पोखेका छन्।

उनले भनेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’

उनले संविधान बनाएको संविधान सभाको नेताले नै संविधानको पक्षमा उभिने साहस नगरे पनि संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने अपेक्षा व्यक्त गरेका छन्।  

National life insurance

प्रकाशित: Jan 06, 2021| 03:30 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।