आइतबार, भदौ २१, २०८३

सवारी दुर्घटनामा सातको मृत्यु

भक्तपुर, सर्लाही, दाङ, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– भक्तपुर, सर्लाही, दाङ, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा लु२ ख ६७८ नम्बरको ट्रकले बा८२ प ९७३७ नम्बरको स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाईते भएका उनको नागरिक अस्पताल  गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सर्लाही बलरा नगरपालिका–४ बलरास्थित सडकमा बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही रामनगर गाउँपालिका–२ बस्ने ७० वर्षीया राम एकबाल राय यादवको मृत्यु भएको छ। 

 गम्भीर घाइते भएका उनको धुलिखेल मेडिकल अस्पताल बलरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दाङ घोराही उपमहानगरपालिका–१० सौडीकुलास्थित सडकमा रा१ झ १०२ नम्बरको एम्बुलेन्सले रा४ प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ६५ वर्षीय टोपेन्द्रकुमार पोख्रेलको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

चितवन रत्ननगर नगरपालिका–१३ जयमंगलास्थित सडकमा बा६५प १६१ नम्बरको मोटरसाइकल नियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा भीमसेन गाउँपालिका–१ बस्ने ४५ वर्षीय फडिन्द्र बगालेको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका
मोटरसाइकलमा सवार चितवन कालिका नगरपालिका–२ बस्ने ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।

पर्सा जगरनाथ गाउँपालिका–५ सिकटापुलस्थित सडकमा प्रदेश २–०३–००९ प १८४५ नम्बरको मोटरसाइकल सडकबाट करिब १५ फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सागढी नगरपालिका–५ बस्ने ३२ वर्षीय झोटीलाल यादवको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगन्ज हेल्थ केयर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

उदयपुर रौतामाई गाउँपालिका–१ तालथुकीस्थित सडकमा प्रदेश २–०२–०१–००१ त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका–७ कालिखोला बस्ने २० वर्षीय केशव विकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सडकमा बा९५ प ६२२६ नम्बरको मोटरसाइकल  लु५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा लु। प ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका–९ भगवानपुर बस्ने २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय संजिबनी अस्पताल  चन्द्रौटा हुँदै बुटवलमा थप उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बा९५ प ६२२६ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका- ५ समिति चोक बस्ने २२ वर्षीय विक्रम गौतमको बुटवलमा उपचार भइरहेको छ।
 

प्रकाशित: Jan 06, 2021| 07:56 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।