आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा कोरोना भाइरसको नमूना संकलन र परीक्षण नै घट्यो

सुदूरपश्चिममा कोरोना भाइरसको नमूना संकलन र परीक्षण नै घट्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको नमूना संकलन र परीक्षण नै कम गरिएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

धनगढी - सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको नमूना संकलन र परीक्षण नै कम गरिएको छ। 

सामाजिक विकास मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा पछिल्लो हप्तामा कोभिड १९ का शंकास्पद एक हजार ९२१ जनाको नमूना संकलन भएको छ। संकलित नमूनामध्ये यो अवधिमा दुई हजार ७४ जनाको नमूना परीक्षण हुँदा २७६ जनामा सङ्क्रमणको पुष्टि भएको छ। 

एक महिनाअघि सम्म शंकास्पदको नमूना संकलन गर्ने र परीक्षण हुने दर योभन्दा बढी थियो। दुई हजार ४९५ जना सक्रिय सङ्क्रमित पुगेकामा एक हप्तामा यो सङ्ख्या बढेर दुई हजार ६०१ पुगेको छ। 

विगतको तुलनामा निको हुने दर बढ्न सकेको छैन। सङ्क्रमण भई उपचार व्यवस्थापनमा रहेका मध्ये पछिल्लो हप्तामा १०६ जना मात्र उपचार व्यवस्थापनपछि घर फर्किएका छन्।  

मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले लक्षण देखिएका व्यक्ति र सङ्क्रमित सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना संकलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना संकलनमा पहिलेको भन्दा कमी आएको बताए। 

उनले भने, ुस्वास्थ्य मन्त्रालयको मापदण्ड केही हेरफेर हुँदा नमूना संकलन पनि कम भएको हो।ु कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना संकलनमा कमी आएको बताइएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कैलाली, अछाम, बैतडी, डोटी र डडेल्धुराका गरी थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नयाँ थपिएका समेत आजसम्म जम्मा १३ हजार ७२८ जना सङ्क्रमित पुग्दा ११ हजार ७६ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन्। 

गएको एक हप्तामा सङ्क्रमणका कारण हुने मृत्यु दर भने घटेको देखिएको छ। यो अवधिमा एकजनाको मात्र मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। प्रदेशमा आजसम्म ५१ जनाको मृत्यु भएको छ। होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन। 

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार व्यवस्थापन भइरहेको छ। 

शिक्षण संस्थामा भइरहेको पठनपाठन कोरोनाको जोखिमका कारण पुनः बन्द गर्नुपर्ने अवस्था यथावत् छ। विद्यालयका शिक्षकमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि कञ्चनपुर र कैलालीका कतिपय विद्यालय बन्द गरिएको छ। 

यसैबीच प्राध्यापकमा कोरोना सङ्क्रमण भएपछि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको पठनपाठनसमेत मंगलबारदेखि केही दिनका लागि बन्द गरिएको क्याम्पसका प्राध्यापक श्यामराज जोशीले बताए।  

प्रकाशित: Jan 06, 2021| 00:32 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।