बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भाण्टाबारी नाका हुँदै मानव बेचबिखनका घटना बढे, तीन महिनामा ३९ युवतीको उद्धार

भाण्टाबारी नाका हुँदै मानव बेचबिखनका घटना बढे, तीन महिनामा ३९ युवतीको उद्धार

खुला सिमानाका कारण भाण्टाबारीबाट मानव बेचबिखनका धेरै घटना हुने गरेको कोसी गाउँपालिका ८ भाण्टाबारीका वडाध्यक्ष विन्देश्वरप्रसाद यादव बताउँछन्। 
 |  बुधबार, पुस २२, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, पुस २२, २०७७

भाण्टाबारी (सुनसरी)– असोज १३ गते एक युवतीलाई कोसी गाउँपालिकाको भाण्टाबारी नाका हुँदै भारत लगिँदै थियो। उनलाई भारतको कुनै ठाउँमा पूजामा बस्न र त्यहाँ बसेर काम गरेबापत चार लाख रुपैयाँ पाइने प्रलोभन देखाइएको थियो। 

National life

त्यो पत्ता लागेपछि उनलाई सशस्त्र प्रहरीले भाण्टाबारी नाकाबाट उद्धार गर्‍यो। 

नाकास्थित सूचना केन्द्रकी परामर्शदाता बालकुमारी विकले शंकास्पद अवस्थामा रहेका दुई युवतीलाई सोध्दा पूजामा बसे चार लाख दिने भनेको बताएपछि उनलाई सीमानाकाबाट उद्धार गरिएको बताइन्। 

ती युवतीलाई भारत लैजाँदै गरेका अन्य दुई जना पक्राउ परेका थिए। भारत प्रवेशका लागि सुनसरीबाट ‘मोटरेबल’ भएको एक मात्र सडक भाण्टाबारी नाका हो। 

यहाँबाट नेपाल–भारत गर्न सहज छ। त्यसैले मानव बेचबिखनका घटना पनि धेरै हुने गरेको प्रहरी अधिकारी बताउँछन्। युवतीलाई विभिन्न बहानामा भारत लैजान गरेको पाइएको परामर्शदाता विकले बताइन्। 

Laxmi sunrise bank
kumari

नाकाबाट असोजदेखि मंसिरसम्म तीन महिना अवधिमा ३९ युवतीको उद्धार गरिएको उनको भनाइ छ। यसरी उद्धार गरिएकालाई आफन्तको जिम्मा लगाउने गरिएको छ।  अघिल्लो वर्ष नाकाबाट ४१ युवतीको उद्धार गरिएको थियो। 

सुनसरी प्रहरीले पछिल्लो पाँच महिनामा मानव बेचबिखनका ६ वटा मुद्दा गरेको जनाएको छ। सुनसरीका धेरै नाका ‘ट्रान्जिट पोइन्ट’का रुपमा रहेको एसपी कमल थापाले बताए। 

भारत लैजान लागिएका महिला प्रहरीबाट भाग्न खोज्ने र उजुरी नदिने जस्ता कारणले बेचबिखन नियन्त्रणमा चुनौती रहेको एसपी थापाले बताए।  

खुला सिमानाका कारण भाण्टाबारीबाट मानव बेचबिखनका धेरै घटना हुने गरेको कोसी गाउँपालिका ८ भाण्टाबारीका वडाध्यक्ष विन्देश्वरप्रसाद यादव बताउँछन्। 

कतिपय त पारिवारिक सम्बन्ध देखाएर भारत जाने गरेको उनको भनाइ छ। यादव भन्छन्, ‘पारिवारिक सम्बन्ध देखाएर गएकाहरु पछि बेचिएको सुनिन्छ।’ 

मानव तस्करहरुका लागि भाण्टाबारी नाका तराईका अन्य नाकाको तुलनामा सहज रहेकोे कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए। 

स्थानीय तहको गठनपछि सामाजिक संस्था, प्रहरीसँगको सहकार्यमा नाकामा परामर्श केन्द्र राखेर काम सुरु गरिएको हो। 
अन्सारीले भने, ‘नाकामा पर्खाल लगाएर घेर्न आवश्यक छ।’ 

मानव अधिकारवादी कोषराज न्यौपानेले मोटरेबल सडकका कारण भाण्टाबारी नाकाबाट बेचबिखनका घटना बढी हुने गरेको बताए। 
सो नाकाबाट शंकास्पद व्यक्तिको बढी ओहोरदोहोर हुने गरेको पाइएको न्यौपानेको भनाइ छ। 

मानव बेचबिखन नियन्त्रणका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा काम गर्न आवश्यक रहेको उनले बताए। 

साझा मञ्ज कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले भाण्टाबारी नाकामा जेखिममा रहेका व्यक्तिलाई सूचना प्रवाह गर्ने र समस्यामा रहेकालाई प्रहरीसँग मिलेर उद्धार र पुनस्र्थापना गर्ने काम गर्ने गरिएको बताए। 

मञ्चले मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रका बासिन्दासँग जनचेतनामूलक काम गरिरहेको छ। 

प्रकाशित: Jan 06, 2021| 08:07 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।