काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार माघ महिनादेखिको तलब, भत्ता सरुवा भएको स्थानबाट खाने गरेर उनीहरुको सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार एसपी आभूषण तिम्सिनाको जिल्ला प्रहरी कार्यालय सिन्धुली, उमाप्रसाद चतुर्वेदीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, गंगा पन्तको पर्साबाट सीआईबी, बेलबहादुर पाण्डेको पर्सा, भुपेन्द्रबहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय काभ्रेपञ्लाचोकमा सरुवा गरिएको छ। यस्तै अन्य एसपीहरुको पनि विभिन्न स्थानमा सरुवा भएको छ।
त्यस्तै ६९ जना डीएसपीको पनि सरुवा भएको छ। डीएसपी कवित कटुवालको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, कृष्णराज ओझाको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भएको छ। त्यस्तै अन्य डीएसपीहरु पनि विभिन्न ठाउँमा सरुवा गरिएका छन्।