काठमाडौं- वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन्।
बुधबार सुरु भएको संवैधानिक इजलासमा बहस गर्दै श्रेष्ठले यस्तो माग गरेका हुन्।
उनले संवैधानिक इजलासको अधिकार क्षेत्र र सर्वोच्च अदालत ऐन र विगतका नजिरका आधारमा अहिलेको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने धारणा राखेका हुन्। उनले बृहत् इजलासमा सुनुवाइ हुनुपर्ने भन्दै निवेदन पनि दर्ता गराएका थिए।
उनले बहसका क्रममा यस्तो माग गरेपछि इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बृहत् पूर्ण इजलासमा पठाउन पेस भएको निवेदनको सुनुवाइपछि निर्णय गरेर मात्र अरू सुनुवाइ अघि बढाउने बताएका थिए।
अहिले इजलासमा विपक्षी बनाइएका तर्फबाट पेस भएको जवाफ पढेर सुनाउने काम भइराखेको छ।