आइतबार, भदौ २१, २०८३

हिमपातपछि हुम्लामा चिसो बढ्याे, जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेको छ। यससँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

हुम्ला। हिमपातपछि हुम्लामा चिसो बढेको छ। 

हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेको हाे। 

आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ।

हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ।

यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन्। मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ। हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ। 

सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको छ।

चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेको काम पनि ठप्प भएका छन्। गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए। 

सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ। स्थानीयवासीलाई आउजाउ गर्नै समस्या भएको छ।

उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन्। हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन्। 

आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ। अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने सम्भावना देखिन्छ।

प्रकाशित: Jan 06, 2021| 01:48 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।