काठमाडौं। धुम्मिएको आकाश भोलिबाट खुल्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबाट मौसम सामान्यतया सफा हुनेछ।
पहाडी भू-भागमा आंशिक बदली भए पनि अन्य क्षेत्रमा भने मौसम सफा रहने छ।
आज भने सुदूरपश्चिम र कर्णालीका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाले हिमपात र वर्षाका कारण देशैभर चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।