आइतबार, भदौ २१, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ।

५ पुसमा प्रधानमन्त्रीले संसद् विघटन गरेपछि सर्वोच्चमा परेका मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितका पाँचजना न्यायाधीशहरूको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ तोकिएकाले आजदेखि सुनुवाइ सुरु भएकाे हाे। 

अहिले रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका छन्।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेका थिए।

८ पुसमा प्रधानन्यायाधीशले एकल इजलासमा राखेर सुनुवाइ गरेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश गरेपछि सबै मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।

रिट निवेदक कानुनविद्हरूले यी मुद्दाको बृहत् पूर्ण इजलासबाट सुनुवाइ गरिनुपर्ने माग राखे पनि त्यो विषयलाई सर्वोच्चले अस्वीकार गरिसकेको छ। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्। आजदेखि सुरु भएकाे निरन्तर सुनुवाइमा १० पुसमा गठन गरिएकाे संवैधानिक इजलासमा रहेका न्यायाधीशलाई नै निरन्तरता दिइएकाे छ। 

याे पनि पढ्नुहाेस्

यसअघिकै न्यायाधीशलाई राखेर संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुँदै

 

प्रकाशित: Jan 06, 2021| 06:08 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।