आइतबार, भदौ २१, २०८३

केपी ओली इमान्दार तानाशाह हुन् : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार तानाशाहको संज्ञा दिएका छन्।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार तानाशाहको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरुबीच आयोजित अन्तर्क्रिया कार्यक्रममा भट्टराईले ओली राजनीतिक उपलब्धीहरुलाई निस्तेज पारेर अस्थिरता ल्याउन लागिपरेकाे बताए।

जनता समाजवादी पार्टी जसपाका नेतासमेत रहेका भट्टराईले भने, ‘सबै परिवर्तनका विरोधी मान्छे हुन्। उनको अग्रगामी परिवर्तनका एजेण्डामा कुनै पनि भूमिका छैन। ४० को दशकअघि उनले केही गरे होलान् तर त्यसपछिको परिवर्तनमा उनको कुनै पनि भूमिका छैन। यो कुरा उनले कहिल्यै लुकाएका पनि छैनन्।’

उनले ओली उहाँ संघीयता, लोकतन्त्र र गणतन्त्रविरोधी भएको दाबी गर्दै यो प्रतिगमनकारी कदमलाई सच्याउनै पर्ने बताए।
उनले भने, ‘यो कदम संवैधानिक छ कि छैन भन्ने विषय नै होइन, यो असंवैधानिक छ, तै पनि अदालतमा पुगिसकेको हुनाले अदालतले सच्याइदिओस् सबैभन्दा सजिलो बाटो हो।’

भट्टराईले प्रधानमन्त्री ओली नेपालमा अस्थिरता ल्याउन खोज्ने बाह्य शक्तिहरको मतियार बनेको आरोप लगाए। उनले मुलुकभित्रको कमजोरीमा विदेशी शक्ति खेल्ने पुरानै परम्परा र संसारभरको परम्परा रहेको बताए।

भट्टराईले बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउन सक्छ ? भन्दै प्रश्न गरे। 

उनले मध्यपूर्वी एसियाली देशहरुमा जारी द्वन्द्वको स्मरण गर्दै अब नेपाल द्वन्द्वको केन्द्र बन्ने खतरारहेको बताए र।
उनले अब ओलीको कदमले राष्ट्रिय स्वाधिनतामाथि खतर आएको बताए। उनले अब साँच्चै राष्ट्रियतामाथिको खतरा आउन सक्नेसमेत बताए।

त्यसैका लागि यो कदम अदालतबाट सच्चिनै पर्ने उनको भनाइ छ।

प्रकाशित: Jan 06, 2021| 09:26 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।