आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाले भने- अदालतलाई दबाब र प्रभावमा पार्ने काम कतैबाट हुनु हुँदैन

कमल थापाले भने- अदालतलाई दबाब र प्रभावमा पार्ने काम कतैबाट हुनु हुँदैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई दबाब र प्रभाव पार्ने काम सरकार/सडक कतैबाट हुन नहुने बताएका छन्। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई दबाब र प्रभाव पार्ने काम सरकार/सडक कतैबाट हुन नहुने बताएका छन्। 

जनताको म्यान्डेटलाई नेकपाले धोका दिएकाले ताजा जनादेशमा जानु लोकतान्त्रिक/संवैधानिक मान्यता रहेको उनको भनाइ छ। 

उनले ट्वीटरमा लेखेका छन्, ‘जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठबन्धन सरकार स्वभाविक हो। तर, एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आसय होइन। आ-आफ्नो स्वार्थ अनुकूल संविधानको व्याख्या गर्नु खतरनाक हुन्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र ज्यादतीबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानुपर्ने बताए। 

‘कानुनीरूपमा नेकपा फुटेको छैन। ताजा जनादेश प्राप्त नगरी का‌ंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुन्छ,’ उनले भनेका छन्। 

आफ्ना मूलभूत मान्यता नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको उनको भनाइ छ।

दुई तिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यताअनुरूप आलोचनात्मक समर्थन गरेको भन्दै अध्यक्ष थापाले अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेको बताए। 

प्रकाशित: Jan 06, 2021| 04:23 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।