सहलगानीमा तयार भएका आयोजनाको सञ्चालन, व्यवस्थापन र सामान्य मर्मत सम्भार गर्ने जिम्मेवारी त्यस्तो आयोजना सञ्चालन गर्ने सम्बन्धित प्रदेश वा स्थानीय तहको हुनेछ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रु एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ ।
नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं।२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।