बुधबार, भदौ ३१, २०८३

चुनिखेलमा इन्भेष्टमेन्ट बैंकको एटीएम

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६ औं एटीएम विस्तार गरेको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६ औं एटीएम विस्तार गरेको छ। 
करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायब महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष (बुनपा १३)  श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

नेपाल इन्भेष्टमन्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२६ वटा एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । 
 

प्रकाशित: Dec 07, 2020| 10:44 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्