बुधबार, भदौ ३१, २०८३

९ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.०४ अंकले ओरालो लागेको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.०४ अंकले ओरालो लागेको छ। 

घटेको बजार १९९५.३५ विन्दुमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स २.५९ ले घटेर ३८०.१८ अंकमा पुगेको छ। 

मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। आज ५ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा २०२ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो।  

मंगलबार जलविद्युत् र म्युचुअल फण्ड बाहेक सबै सूचक ओरालो लागेका छन्। जलविद्युत् ८३.८९ र म्युचुअल फण्ड ०.०९ अंकले बडेको छ।  

बैंकिङ समूहको सूचक ७.६९, व्यापार ८६.४, होटल ८.१२, विकास बैंक ३१.८६, फाइनान्स १५.१२ अंकले ओरालो लागेको छ। 

त्यसैगरी निर्जिवन बीमा १३१.७५, उत्पादन १०४.७६, अन्य १८.५२, माइक्रोफाइनान्स १०४.७६ र बीमा समूहको सूचक १२०.६६ अंकले घटेको छ।  

आज नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। 
 

प्रकाशित: Dec 08, 2020| 09:30 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्