बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकको सहयोग

लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकको सहयोग

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गायक सुरेश गन्धर्वलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गायक सुरेश गन्धर्वलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। गन्धर्व पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड, सुगर, थाइराइड आदि रोगबाट पीडित छन्। 

सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्वको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका छन्।

सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरी संकलन गरी प्रदान गरिएको छाराहाङले जानकारी दिए। 

गन्धर्वको ‘रिंकेबुङको राँगोलाई’ गीत चर्चित छ। .  

काठमाडाैं– ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्पmत ग्राहकहरुलाई सेवा दिँदै आएको छ।
 

प्रकाशित: Dec 06, 2020| 11:36 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्