बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ७२ अंकले बढेर २००४ अंकमा पुग्यो नेप्से, साढे ६ अर्बको कारोबार

७२ अंकले बढेर २००४ अंकमा पुग्यो नेप्से, साढे ६ अर्बको कारोबार

सोमबार सेयर बजार परिसूचक (नेप्से) ७२.२८ अंकले बढेको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

 काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ७२.२८ अंकले बढेको छ। 

बढेको बजार २००४.३९ अंकमा पुगेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स १२.१ अंकले बढेर ३८२.७७ विन्दुमा पुगेको छ। 

आज २०६ कम्पनीको १ करोड १९ लाख सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख बढीको कारोबार भएको छ। 

आज सबै समूहका सूचक उकालो लागेका छन्। बैंकिङ ३१.९१, व्यापार १३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, फाइनान्स २०.६५ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बीमा ४०५.५४, उत्पादन २२४.७७, अन्य ८०.५, माइक्रोफाइनान्स १२७.५५, जीवन बीमा ६९८.८१ र म्युचुअल फण्ड ०.०८ अंकले बढेको छ।  

आज नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।  
 

प्रकाशित: Dec 07, 2020| 09:39 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्