बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको अवरोध अध्ययन गर्न कार्यदल गठन 

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको अवरोध अध्ययन गर्न कार्यदल गठन 

निर्माणाधीन २२० केभी तनहुँ–काठमाडौं प्रसारण लाइनको अवरोधबारे अध्ययन गर्न कार्यदल गठन भएको छ। 
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– निर्माणाधीन २२० केभी तनहुँ–काठमाडौं प्रसारण लाइनको अवरोधबारे अध्ययन गर्न कार्यदल गठन भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार सहसचिव प्रवीणराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो। 

कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रभावित क्षेत्रका एक स्थानीयबासी सदस्य छन्।

कार्यदलले रुटमा देखिएका समस्या र समाधानका उपाय एक साताभित्र ऊर्जा मन्त्रालयमा पेस गर्ने छ। 

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का स्थानीयको अवरोधका कारण टावर निर्माणको काम प्रभावित बनेको छ। 

मर्स्याङ्दी नदीका जलविद्युत् आयोजनाहरूको विद्युत केन्द्रीय प्रणालीमा जोड्न तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थसम्म ८२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ।

डबल सर्किट प्रसारण लाइनबाट एक हजार मेगावाट विद्युत प्रवाह हुने छ। 
 

प्रकाशित: Dec 06, 2020| 10:21 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्