बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक करोड लागतमा स्वास्थ्य केन्द्र निर्माण गर्दै अर्घाखाँची सिमेन्ट 

एक करोड लागतमा स्वास्थ्य केन्द्र निर्माण गर्दै अर्घाखाँची सिमेन्ट 

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारी गाउँपालिका–२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारी गाउँपालिका–२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ। 

एक करोड रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्य केन्द्रको सोमबार कृषिमन्त्री घनश्याम भुसालले शिलान्यास गरेका हुन्। 

अर्घाखाँची सिमेन्टले बनाएको भवनमा सियारी गाउँपालिकाले पाँच शय्याको अस्पताल सञ्चालन गर्ने छ। 

व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य केन्द्र बनाउन लागेको कम्पनीले जनाएको छ। 

कम्पनीले एक वर्षभित्र निर्माण गरेर भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने छ।
 

प्रकाशित: Dec 07, 2020| 08:49 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्